arrow

पिँजडा अन्तत भत्कने भयो – विश्वप्रकाश शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
bishwaprakash_sharma.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आठ राजनीतिक दलबीच राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएसँगै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘पिँजडा भत्केको’ टिप्पणी गरेका छन् ।

भावी राष्ट्रपतिको विषयलाई लिएर राजनीतिक दलहरुबीच रस्साकस्सी चलिरहेको बेला बेलुकी सम्पन्न आठ दलको बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै शर्माको सो टिप्पणी आएको हो ।
  
‘पिंजडा अन्ततः भत्किने भयो, राष्ट्रपति पदमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय’ उनले छोटो टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री निवासमा बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन जनाउने निर्णय गरे लगत्तै शर्माको यो टिप्पणी बाहिर आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ