राष्ट्रपति बन्ने आकांक्षा नराख्न पूर्वप्रधानमन्त्रीहरुलाई विश्वप्रकाशको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले राष्ट्रपतिको उम्मेदवारमा पूर्वप्रधानमन्त्रीहरूलाई बनाउन नहुने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीसँग उनले कार्यकारी प्रमुख भइसकेका नेतालाई आलंकारिक राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने जिकिर गरे ।
उनले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न अपीलसमेत गरेका छन् ।
उनले शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराई सबैले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिसकेकाले राष्ट्रपतिका लागि आकांक्षा देखाउन नहुने बताए ।
नेता शर्माले सबैको सहभागीता र समर्थनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुनेमा जोड दिए ।