arrow

शैक्षिक जनशक्ति राष्ट्रनिर्माणको स्रोत : उपकुलपति अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
prem narayan aryal pu.jpg

पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताएका छन् ।

सोमबार आयोजित पोखरा विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहमा उनले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गरे ।

शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउने भन्दै उनले शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न नसक्ने स्पष्ट पारे । 

उनले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीलाई राष्ट्रनिर्माण र परिवर्तनको सम्वाहकका रुपमा काम गर्न आग्रह गरे ।

उनले आर्जित ज्ञान, सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्ने विश्वास व्यक्त गरे । 

पोखरा विश्वविद्यालयले हालै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको उल्लेख गर्दै उपकुलपति अर्यालले गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र वैज्ञानिक स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा अस्पताललाई विकसित गरिने बताए ।

आर्थिक एवं सामाजिकरुपले पछाडि पारिएका वर्ग र क्षेत्रका विद्यार्थीको उच्च शिक्षामा पहुँच पुर्याउन विश्वविद्यालयले बर्सेनि ठूलो संख्यामा छात्रवृत्ति प्रदान गर्दै आएको उनको भनाइ थियो ।

विश्वविद्यालयका ६६ वटा महाविद्यालयमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको उपकुलपति प्राडा अर्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ