arrow

विमानस्थलमा सयौं यात्रु प्रभावित, सर्भर डाउन कि इन्टरनेट अवरुद्ध ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
tribhuvan-international-airport-2079-08-04.jpg

काठमाडौं । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनबाट काम हुन नसकेपछि एकछिनका लागि सयौं यात्रु प्रभावित भएका छन्। विमानस्थल जस्तो महत्वपूर्ण अथवा संवेदनशील क्षेत्रमै यस्तो समस्या पहिलो पटक भने हैन ।

केही दिनअघि मात्रै यहाँको सर्भर डाउन हुँदा लामो समय सेवा प्रभावित भएको थियो। सोमबार अर्थात् आज भने इन्टरनेटमा समस्या आएर सेवा अवरुद्ध भएको छ।

अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले इन्टरनेट नचलेपछि समस्या आएको र अहिले त्यो समाधान भइसकेको बताएका छन् ।

उनले सर्भरमा समस्या आएको नभएर इन्टरनेट नचल्दा नेपाल बाहिर जाने आउने यात्रु केहीबेरका लागि प्रभावित भएको बताएका छन्। तथापि समस्या चाँडै समाधान भएको र कुनै उडानमा ढिलासुस्ती नभएको उनको भनाइ छ।

'इन्टरनेटमा समस्या आएको हो, समाधान भइसक्यो, यसले हाम्रो काममा समस्या भएन, रोकेर ठप्प पारेर सिस्टम गएको भन्ने होइन, फ्लाइटहरुमा ढिलासुस्ती भएन,' उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ