arrow

आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं । आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनार्थ पर्सी फागुन १० गते बुक क्लोज गर्दैछन् । तर भोलि फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै आजै अन्तिम दिन तोकिएको हो । 

सम्बन्धित शेयरधनीले मात्र यी कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 
कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६५ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा बैंकको प्रधान कार्यालय वीरगञ्जमा हुँदैछ । 

ङादी ग्रुप पावरले फागुन २५ गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ४.५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव पेश गर्नेछ । 

साधारण सभा काठमाडौंको युनियन हाउसमा बिहान १० बजेदेखि शुरु हुनेछ । 
 
त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत र बोनस शेयर र ६.०५२ प्रतिशत नगद (कर सहित) गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा काठमाडौंको लैनचौर ब्यांकेटमा बिहान १०ः३० बजेबाट शुरु हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ