arrow

सांसद चन्द्र भण्डारीकी आमाको दाहसंस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
chandra-bhandari-aama-final1.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । उनकी आमा हरिकला भण्डारीको हिजो ८६ वर्षको उमेरमा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो । 

गत बुधबार राति ग्यास लिक भएर आगलागी हुँदा जलेकी उनको हिजो बिहान उपचारकै क्रममा निधन भएको हो । उनका पाँच भाइ छोरामध्ये दुई भाइको निधन भइसकेको छ भने दाहसंस्कारमा दुई भाइ सहभागी भएका छन् । 

नेता भण्डारीको भने नेपालमा उपचार हुन नसकेपछि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ । 

उनको आजै दुईवटा शल्यक्रिया हुँदैछ । बिहान ११ बजे शल्यक्रिया गर्न अपरेशन थिएटरमा लगिएको भए पनि अहिलेसम्म कुनै अपडेट नगराइएको मुम्बईबाट माधव न्यौपानेले जानकारी दिए । उनले भण्डारीको अवस्था नेपालमा भएजस्तै रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ