arrow

रहिनन् ग्यास सिलिण्डर पड्किएर घाइते भएकी सांसद भण्डारीकी आमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
chandra-bhandari-aama-final1.jpg

काठमाडौं । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । 

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन् । 

उनका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला घाइते भएकी थिइन् ।  

आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । 

डा भण्डारीलाई थप उपचारका लागि श्रीएयरलाइन्स विमान चार्टर्ड गरेर भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिदैछ । 
–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ