arrow

सिन्दुेघारी बहुमुखी क्याम्पसको अध्यक्षमा थापा निर्विरोध

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७९ फागुन १ सोमबार
suryabahadur-thapa-rautahat-congress.jpg

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ९ स्थित सिन्दुेघारी बहुमुखी क्याम्पसको अध्यक्षमा सुर्यबहादुर थापा निर्विरोध चयन भएका छन् । क्याम्पसको पाँचौं वार्षिक चुनावी सभाबाट अध्यक्ष पदमा नेपाली कांग्रेस मधेस प्रदेशका सदस्य तथा मधेस प्रदेश भ्रातृ समन्वय विभाग प्रमुखसमेत रहेका थापा निर्विरोध अध्यक्ष पदमा चयन भएका हुन् । 

त्यस्तै उपाध्यक्षमा गोविन्द तिमल्सिना, सदस्यमा सुमन गौतम, देवनारायण हुमागाई, प्रकाश चौलागाई, बिक्रम चौलागाई, सुनिल तिमल्सिना, कृष्ण देवकोटा, सावित्री मैनाली,सरस्वती गिरी, अधिकलाल चौधरी, पदेन सदस्यमा नवराज देवकोटा, गोविन्दप्रसाद दुलाल, गणेश पौडेल, अमृत केसी, लेखा समितिको संयोजकमा लक्ष्मीप्रसाद कोइराला, सदस्यमा भक्तप्रसाद तिमल्सिना, मनिषा दुलाल सर्वसम्मत चयन भएको सिन्दुेघारी बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष गणेश पौडेलले जानकारी दिए । 

२०६९ फागुनमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०७० सालबाट औपचारिक रुपमा जन जागृति माध्यामिक विद्यालय सिन्दुरेघारीको भवनमा पठनपाठनको शुरुआत गरिएको थियो । 

वर्तमान अवस्थामा सो क्याम्पसले आफ्नो आन्तरिक स्रोत, ९३ जना व्यक्तिसँग २० हजारको दरले रकम संकलन गरी विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पाँच कठ्ठा निजी जमीन खरिद गरी ४ कोठे भवनसमेत निर्माण गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ