arrow

क्यान इन्फोटेकमा एनसेलको प्रभाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
ncell-can.jpg

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा जारी ‘ क्यान इन्फोटेक २०२३’ आज सकिँदैछ । गत माघ २४ गतेदेखि भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा उत्साहजनक रुपमा सहभागीता रहेको छ । 

विद्यार्थीदेखि व्यवसायी तथा लगानीकर्तालेसमेत चासो दिएर अवलोकन गरिरहेको क्यान महासंघले जनाएको छ । 

मेलामा एनसेनलको पनि ब्यापक प्रचार भएको छ । निःशुल्क सिमकार्ड बाँडिएको कस्टमर सर्भिस सुपरभाइजर मुकेश प्रधानले जानकारी दिए । 

उनले त्यहीँबाट ५० रुपैयाँको टपअप गर्दा विभिन्न उपहारकोसमेत व्यवस्था गरिएको जानकारी दिए । उनले हजार रुपैयाँमा २५० जीबीको डाटा अफरसमेत यो मेलामा रहेको बताए । त्यस्तै महिलाहरुका लागि पनि विशेष अफर एनसेलले लिएर आएको बताए । 

साथै फोरजी भएको ठाउँमा सीपीयू डिभाइससमेत रहेकाले एनसेलको आकर्षण अझै बढेको जानकारी दिए । 

एनसेलले बालबालिका तथा युवालाई आकर्षित गर्न निःशुल्क ईभीआर एक्सपिरियन्स पनि गराइरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ