arrow

नेप्सेमा छलाङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यसदिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको शेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।

मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ। 

यसैगरी एनआईसी एसिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ । 

त्यस्तै,  कारोबारमा आएका १३ वटा उपसुचकहरुमा उकालो लागेर हरियाली छाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ