arrow

‘रवि ग्रह’ लाई शान्त पार्न केपी ओली बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
prachanda-oli-baluwatar-2079-10-15.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न ओली बालुवाटार पुगेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहान ओली बालुवाटार पुगेका हुन् । सत्तागठबन्धनको असमझदारी हटाउन ओली बालुवाटार पुगेका हुन् । सत्ता गठबन्धनमा समस्या देखिएको भन्दै दुवै नेताहरु चिन्तित छन् । 

एमालेले माओवादीलाई सहमति पालना नगरेको आरोप लगाउँदै आएको छ भने माओवादीले पनि एमाले अध्यक्ष ओलीलाई बाहिर एकखाले कुरा र भित्र अर्को खाले कुरा गरेर असहमति बढाउने प्रयासमा लागेको आरोप लगाउँदै आएको छ । 

गृहमन्त्रीमा नागरिकता विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ल्याउने र नल्याउने विषयमा गम्भीर छलफल गर्न नेताहरु बसेको बताइए पनि ओलीले बाहिर रविलाई ल्याउनु पर्ने भन्ने तर भित्र भने मिलाएर जाने र सकेसम्म गृह एमालेले पाए हुने पक्षमा रहेको बुझिएको छ । 

प्रचण्डले भने रवि मुद्दाको सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म रविलाई गृहमन्त्री दिन नसकिने बताउँदै आएका छन् । 

संविधानअनुसार भने रविलाई कुनै पनि पद दिन अहिले मिल्दैन । 

सत्ता गठबन्धनमा यतिबेला रवि लामिछाने ‘ग्रह’ कै रुपमा आएको विश्लेषण हुन थालेको छ । भित्री मनबाट ओली र प्रचण्ड दुवैले रविलाई पन्छाउन चाहन्छन् । तर ओली भने राष्ट्रपतिमा एमालेलाई जिताउनका लागि देखावटी रुपमै भए पनि रविको पक्ष लिइरहेका छन् । 

चुनावको परिणाम आउँदासम्म पनि ओलीले रविलाई गन्दैनथे । रविले पनि ओली र प्रचण्ड नेता नै नभएको आरोप लगाउँदै आउँथे । 

रविले राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा रहने र नरहने भन्ने हात प्रचण्डको रहेको भन्दै आजसम्मको अल्टिमेटम दिएका छन् । सोही विषय मत्थर पार्न ओली बालुवाटार पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ