arrow

सशस्त्रले माग्यो चार डीआईजीको बढुवा, को को छन् दावेदार ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सशस्त्र प्रहरी मख्यालयले रिक्त रहेका चार डीआईजीको बढुवाका लागि आवेदन मागेको छ । सशस्त्र प्रहरीमा रिक्त चार जना डीआईजीलाई बढुवाका लागि आवेदन माग गरेर प्रकृया शुरु गरिएको हो । 

बढुवाका लागि रोलक्रममा रहेका एसएसपीहरुले आवेदन दिन सक्नेछन् । गृह मन्त्रालयको बढुवा समितिले बिहीबार राति सूचना प्रकाशित गर्दै सूचना बमोजिम सात दिनभित्र मूल्याङ्कन फाराम भरेर बुझाउनु पर्ने उल्लेख छ । 

बढुवा समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा बिहीबारको निर्णयानुसार बढुवाको निम्ति सम्भाब्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी फाराम पेश गर्न भनिएको छ । 

रिक्त रहेको सो पदमा बढुवाको निम्ति सशस्त्र प्रहरी बलमा क्रमशः कृष्ण पाठक, दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा वरिष्ठताको आधारमा दावेदार छन् । 

उनीहरुमध्ये पाठक कार्यक्षमता कमजोर भएका प्रहरी अधिकृत पर्छन् । त्यस्तै हालका प्रवक्ता पुरुषोत्तम थापा पनि कार्यक्षमतामा प्रश्न उठाएको अधिकृत हुन् । अहिलेको बढुवामा दीपेन्द्र कुँवरले पनि आवेदन दिन पाउने भए पनि उनको संभावना निकै कमजोर रहेको छ ।  

गत साउनमा भएको बढुवामा अर्को समूहका १४ जनामध्ये २ नम्बरमा रहेका दिपेन्द्र कुँवर (ख) बढुवा भएका थिए । आफू बढुवाको निम्ति योग्य भएको बताउँदै आए पनि उनको अघिल्लो बढुवा रकेट गतिमा भएकाले त्यही रोकिने सशस्त्र मुख्यालयले जनाएको छ । ‘उहाँको यसअघिको बढुवा नै सहज थिएन, दबाबमा भएको बढुवालाई यही रोक्ने अवस्था छ’, मुख्यालय स्रोतले भन्यो । 

अहिले प्रबन्ध शाखाको जिम्मेवारी सम्हाली रहेका कुँवर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको ज्वाइँ भएकै कारण सशस्त्रमा सधै हालीमुहाली गर्दै आएका थिए । 

उनै देउवाकै पहलमा नेपाली सेनाबाट तालिम लिएका कुँवरको बढुवा रकेट गतिमा भएको थियो । सधै शक्तिमा रहेका कुँवर सरकारमा कुनै फेरबदल नआएको भए यसपटक डीआईजीको फुली लगाउने भाग्यमानी हुन्थे । यसअघिको बढुवामा विवाद भएपछि सशस्त्र मुख्यालय उनको हकमा हच्किएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ