मापसेको झ्वाँकमा दाउराको चिर्पटले हानेर बाबु मारेको आरोपमा प्रकाश पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
1.1k
Shares
तस्बिर – फाइल ।
रौतहट । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।