arrow

एकैपटक ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरेको छ । रवि लामिछानेले गृह मन्त्रालय छाडेर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राम्रोसँग नहेरेको अवस्थामा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ठूलो संख्यामा सरुवा गरेका हुन् ।

 ‘पहिलो पटक प्रहरी महानिरीक्षकले तजबिजी आधारमा प्रहरी अधिकारीहरुको सरुवा गर्नुभयो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । प्रहरी प्रधान कार्यालयले एकैदिन दुई लटमा गरी ९५ जना एसपीहरुको सरुवा गरेको छ ।

पहिलो लटमा ४२ जना र लगत्तै दोस्रो लटमा ५३ जना एसपीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार प्रधानमन्त्री प्रचण्डले चुनाव जितेको गोरखा जिल्लामा अनुपम श्रेष्ठलाई सरुवा गरिएको छ । 

यसैगरी तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला, गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ । 

सिराहामा टेकुनन्द इवा लिम्बुलाई पठाइएको छ भने जिप्रका मोरङमा दीपक पोखरेलको सरुवा भएको छ । महोत्तरीमा प्रकाश मल्ल, पश्चिम नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरत बहादुर बिक सरुवा भएका छन् । 

यसैगरी १५० डीएसपीको सरुवा पनि एकैपटक सरुवा गरिएको छ । डेढ सय डीएसपीको सरुवा गर्दा पनि प्रहरी महानिरीक्षकले तजबिजी अधिकार प्रयोग गरेर सरुवा गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ