arrow

‘सृष्टिको लागि सवारी, नवप्रवर्तनको लागि सवारी’ नारासहित साइकल र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
Banner PSD RALLY JPEG (1)-file-20230130142620-503.jpg

काठमाडौं । सेन्ट जेभियर्स कलेज सेट काउन्सिलले यहि माघ २१ गते शनिबार साइकल र्‍यालीको आयोजना गर्ने भएको छ । उक्त नवौं साइकल र्‍याली ‘सृष्टिको लागि सवारी, नवप्रवर्तनको लागि सवारी’ भन्ने नाराका साथ हुने भएको आयोजकले जनाएको छ ।

 र्‍याली माइतीघरबाट शुरू भइ ललितपुरको लुभु हुँदै काठमाडौंका विभिन्न ठाँउ पुगेर पुनः माइतीघरमा रहेको कलेजमा आएर सम्पन्न हुनेछ । यस वर्ष सेट काउन्सिलले वैज्ञानिक महावीर पुनले सन् २०१२ मा स्थापना गरेको एनजीओ नेशनल इनोभेसन सेन्टर (एनआईसी) सँग सहकार्य गरेको छ। 

कार्यक्रमको मुख्य उद्देश्य नेपालमा भएको प्राविधिक विकासमा सक्रिय रूपमा संलग्न युवाहरूलाई उनीहरूप्रति आकर्षण बढाएर सहयोग गर्नु रहेको छ। 

र्‍यालीले साइकल चलाउने संस्कृतिको प्रवर्द्धन गर्दै स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्न र कोभिड–१९ को प्रभावपछि जनतामा सामान्यस्थितिको अनुभूति ल्याउन पनि मद्दत गर्ने आयोजकको दाबी छ । 

यस वर्ष र्‍यालीमा पाँच सय बढीले सहभागीता जनाउने आयोजकको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ