arrow

प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
prachanda-oli-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । तर यस्तो परिस्थिति नल्याउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालय साटफेर गरेर भए पनि रास्वपा सभापति रवि लामिछानेलाई सरकारमै राख्न चाहिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड भने रविको पार्टी सरकारबाट बाहिर गए पनि फरक नपर्ने भन्दै नेकपा एसलाई दुई मन्त्री दिएर सरकारमा ल्याउने कसरतमा लागेका छन् । 

माओवादी उच्च स्रोतका अनुसार माधवकुमार नेपाललाई फकाएर एस पार्टीलाई सरकारमा ल्याउने विषयमा कुराकानी भैरहेको छ । एमालेचाहिँ माधव–प्रचण्ड भन्दा रवि लामिछानेको २० सीटे दललाई सरकारमा राख्न चाहन्छ । 

नेपाली कांग्रेसभन्दा ११ सीटले बढी हुने र प्रचण्डलाई दिइएको विश्वासको मत फिर्ता हुनासाथ प्रधानमन्त्री भइहालिने हिसाब एमालेले निकालिरहेको छ । त्यही कारण रवि स्वयंले पनि नमागेको गृह मन्त्रालय दिइएको छ । 

प्रचण्डले जसपालाई पहिलो पुनर्गठनबाटै मन्त्रिपरिषदमा सामेल गराउने तथा एसलाई पनि त्यही बेला सहभागी गराउने गरी अघि बढाएको थाहा पाएपछि ओलीले रविलाई मन्त्रालय परिवर्तन गरेर भए पनि सरकारमै राख्न चाहेको बुभिएको छ ।

 ‘प्रचण्डले माधव नेपाललाई फोन गरेर दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गर्नुभएको छ, माधव नेपालले कुनै जवाफ दिनुभएको छैन’, माओवादीका एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ