arrow

गृह मन्त्रालय दिनेबारे सत्ताभित्र दाउपेचः प्रचण्डलाई भेटे ओली र लिङ्देनले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
prachanda-oli-ravi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराए ।

उनले नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताए । यसको भोलिपल्ट बुधबार बिहान प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।

लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै उनलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आएका ओली बुधबार बिहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगेका हुन् । ओलीसँगै राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । 

गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र ऊर्जामन्त्री लिङ्देनबीच समसामयिक राजनीतिकसहितका विषयमा कुराकानी भएको छ । 

प्रधानमन्त्री प्रचण्डलाई मंगलबार भेटेर रास्वपा सभापति लामिछानेले गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड, ओली र लिङ्देनबीच छलफल भएको हो । 

साथै उनीहरुबीचको भेटवार्तामा राष्ट्रपति पदको उम्मेदवारको विषयमा पनि कुराकानी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ