arrow

रामचन्द्रको मन्त्रः सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
ramchandra-poudel-123133.JPG
तस्बिर – फाइल ।

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले सहमति, सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गरे । 

राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उनले उल्लेख गरे । वरिष्ठ नेता पौडेलले पार्टीमा गुटबन्दी हुँदा कमजोर भएको चर्चा गर्दै राजनीतिक पार्टीबीच दलबन्दी हुँदा देश कमजोर हुने टिप्पणी गरे । 

वरिष्ठ नेता पौडेलले जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै दलका नेताहरुलाई जनतामुखी बन्नुपर्ने सुझाव दिए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, काङ्ग्रेस जिल्ला सभापति जीतप्रकाश आले, पूर्वसभापति बैकुण्ठ न्यौपानेलगायतले आआफ्नो धारणा राखेका थिए । 

सो अवसरमा नेता पौडेलले कांग्रेस तनहुँले प्रकाशित गरेको त्रैमासिक बुलेटिनको विमोचनसमेत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ