arrow

राष्ट्रिय सहमति आवश्यक : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
ramchandra-poudel-1618230382.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । कांग्रेसबाट राष्ट्रपतिका आकांक्षी रहेका पौडेलले राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको बताएका छन् ।

गृह जिल्ला तनहुँ पुगेका  वरिष्ठ नेता पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताए। पौडेलले सहमति, सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गरे । 

जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै दलका नेताहरूलाई जनतामुखी बन्नुपर्ने सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ