arrow

सुधीर पराजुली फेरि भए आईस्पानको अध्यक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
ispan-2079.jpg

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन् । आईस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन् ।

यसैगरी उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविनकुमार श्रेष्ठ, सचिवमा सुरेन क्षेत्री र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन् । कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ