राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
1.1k
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८-७९ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा सोमबार आयोजित एक समारोहमा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले प्रतिवेदन पेश गरे ।
नेपालको संविधानअनुसार महान्यायाधिवक्ताले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिवेदनमा महान्यायाधिवक्ता कार्यालयले वर्षभरिमा गरेका संवैधानिक एवं कानुनी विषयमा दिएको राय सल्लाहको विवरण, सरकारवादी भइचलेका मुद्दासम्बन्धी विवरण, सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दाको विवरण समावेश गरिएको छ ।