arrow

च्याजीपीटी जस्तै बट सार्वजनिक गर्दै चिनियाँ सर्च इञ्जिन बाइडु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
baidu-search-engine-china.jpg

काठमाडौं । चिनियाँ सर्च इञ्जिन कम्पनी बाइडुले आउँदो मार्चमा ओपन एआईको च्याटजीपीटी जस्तै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट सेवा शुरु गर्ने भएको छ । रोयटर्सले यस विषयमा जानकार व्यक्तिलाई उद्धृत गर्दै यस्तो उल्लेख गरेको छ ।

तर, बाइडुले यो च्याटबटलाई अलग्गै एपका रुपमा शुरु गर्ने भएको छ र यसमा पछि आफ्नो सर्च इञ्जिन मर्ज गर्ने बताइएको छ। च्याटजीपीटीको टेक्नोलोजीले प्रयोगकर्ताले सोधेको प्रश्नको जानकारी इन्टरनेटमा उपलब्ध ठूलो मात्राको डेटा एनालाइसिस गरेर दिन्छ।

चीनमा च्याटबटहरू हाल सामाजिक अन्तरक्रियामा केन्द्रित छन् । जबकि च्याट जीपीटीले प्रोग्रामिङ एवं निबन्ध लेखन जस्ता व्यावसायिक काममा राम्रो नतिजा दिइरहेको छ।

यसरी बाइडुले अब, सर्च इञ्जिनमा लिंकहरु बाहेक च्याटबटबाट उत्पन्न नतिजासमेत देखाउने भएको छ।

माइक्रोसफ्टले सान फ्रान्सिस्कोमा आधारित ओपनएआईमा एक अर्ब डलर लगानी गरेको छ भने कम्पनीले लगानी बढाउँदै लगेको छ । च्याटजीपीटी गुगललाई नयाँ चुनौतीका रुपमा देखिएको छ।

यस्तै बेइजिङ आधारित बाइडुले पनि क्लाउड सेवा, चिप्स र ड्राइभरल्यास ड्राइभिङ लगायतका एआई प्रविधिमा ठूलो लगानी गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ