arrow

बालुवाटार पुगेर रविले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
rabi-lamichhane-regine-home-minister.jpg

काठमाडौं । रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामु उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतको फैसलासँगै शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका लामिछानेले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । लामिछानेले अमेरिकाको नागरिकता त्यागे पनि नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगरेकाले उनी संसद् हुन अयोग्य रहेको अदालतले फैसला गरेको छ।

नेपाली नागरिक नै नरहेको ठहरपछि उनको उपप्रधान एवं गृहमन्त्री पद चैट भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ