काठमाडौं। २२ औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार ‘२२औं सशस्त्र प्रहरी दिवस २०७९’को अवसरमा आयोजित सन्ध्याकालीन विशेष समारोहमा सरिक भएका छन् ।
उक्त समारोहमा प्रधानमन्त्री दाहालले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुका साथै, उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्कालाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रकाशित सचित्र पुस्तकको विमोचन समेत गरेका छन् ।