arrow

उत्तर कोरियाले १० करोड डलरको क्रिप्टो चोरेको एफबीआईको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
north_korea.png

काठमाडौं। क्यालिफोर्नियामा आधारित हार्मनीले जुनमा भन्यो कि यो साइबर आक्रमणको लक्ष्य थियो जसले ४ ज्ञण्ण् मिलियन मूल्यको डिजिटल सम्पत्ति चोरेको थियो।

उत्तर कोरियाली ह्याकरहरूले गत वर्ष अमेरिकी क्रिप्टो फर्मबाट १० करोड अमेरिकी डलरको डिजिटल सम्पत्ति चोरी गरेको संयुक्त राज्य अमेरिकाको कानून प्रवर्तन एजेन्सीले जनाएको छ।

उत्तर कोरियाली ह्याकिङ समूह लाजरस समूह र एपीटी३८ ले गत जुनमा क्रिप्टो फर्म हार्मनीमा साइबर चोरी गरेको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)ले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

उत्तर कोरियाली साइबर कार्यकर्ताहरुले यस महिनाको सुरुमा गोपनीयता प्रोटोकल रेलगन प्रयोग गरी ६ करोड अमेरिकी डलर भन्दा बढी मूल्य बराबरको इथेरियम लण्डरी गर्दै त्यसलाई बिटक्वैनमा रुपान्तरण गरेको समेत एफबीआईले जनाएको छ।

क्यालिफोर्नियामा मुख्यालय रहेको हार्मनीले गत जुनमा ह्याकरहरूले विभिन्न ब्लकचेन नेटवर्कहरू बीच क्रिप्टोकरेन्सीहरू सार्न प्रयोग हुने तथाकथित ब्लकचेन ब्रिज होराइजन ब्रिजबाट १० करोड डलरको सिक्का चोरेको बताएको थियो।

एफबीआईले यसअघि यस्ता चोरी गर्नेरुलाई ट्रेडर ट्रेटर भन्दै केही भर्चुअल सम्पत्तिको सेवा प्रदायकसँग मिलेर केही सम्पत्ती रोक्का गरेको बताएको थियो।

एफबीआईले गोप्य राज्यको अवैध क्षेप्यास्त्र र आणविक हतियार कार्यक्रमहरूलाई समर्थन गर्ने क्रिप्टोकरन्सी चोर्ने र लण्डरिङ गर्ने प्रयासहरू पहिचान गरी बाधा पुर्‍याउन काम गरिरहने बताएको छ।

एफबीआईले आम्दानीका लागि उत्तर कोरियाले गर्ने यस्ता अवैध गतिविधिहरुको पर्दाफश गर्दै यसविरुद्धको लडाँइ जारी राख्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ