arrow

श्रेष्ठ र परियारलाई रास्वपाले दियो जम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
rsp-party-rastriya-swatantra -party.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् ।

रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।

संसदीय दलको उपनेतामा चयन भएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८ बाट प्रतक्ष्य निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकमा चयन हुनुभएका परियार समानुपातिक सांसद हुन् । 

रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन् । पार्टीबाट हाल प्रतिनिधिसभामा बीस जना सदस्य छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ