arrow

कांग्रेस संस्थापन इतरको बैठक भोलि पनि बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
congress-shekhar-gagan samuha.jpg

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक भोलि मंगलबार पनि बस्ने भएको छ  । गगन-शेखर समूह भनेर चिनिने संस्थापन इतर समूहको बैठक हिजो आइतबार बसेको थियो । नेताहरूले बोल्ने क्रम निरन्तर रहेकाले मंगलबार  पुनः भेला हुने बताइएको छ ।  

बैठकमा नेताहरूले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको विश्वासको मत, सरकारप्रतिको धारणा, आगामी दिनमा अपनाउनुपर्ने कार्यदिशालगायत विषयमा धारणा व्यक्त गरेका थिए । अधिकांश नेताहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।

 बैठकले यही माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा गरिने समीक्षा र समसामयिक राजनीति विषयमा छलफल गरेको छ । साथै भेलामा निर्वाचनको परिणाम पछिको अवस्था, पार्टीका भ्रातृ र शुभेच्छुक संस्था गठन तथा पूर्णता दिने, प्रभावकारी र चलायमान बनाउनुपर्नेलगायत विषयमा छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

भेलामा नेता डा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री द्वय पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू, प्रदेश सभापति, जिल्ला सभापतिलगायत नेताहरूको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ