काठमाडौं । हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भनेर गृहमन्त्री रवि लामिछाने आलोचित भएका छन् । नेकपा एमालेबाट निर्वाचित सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरे पनि पक्राउ भने पर्न सकेका छैनन् ।
उनले भने, 'हामी नतिजा निकाल्ने गरी काम गर्छौँ। प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो। विज्ञप्ति जानकारीका लागि गरिएको हो। के भइरहेको छ भन्ने जानकारी दिन आवश्यक भएकाले हो।''
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए ।
शनिबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ? भन्दै प्रश्न गरेका थिए।