arrow

कहिले समातिन्छन् कोइरी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
laxmi-mahatto-koiri-mahottari-1-uml-mp-2079-2022.jpg

काठमाडौं ।  हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भनेर गृहमन्त्री रवि लामिछाने आलोचित भएका छन् । नेकपा एमालेबाट निर्वाचित सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरे पनि पक्राउ भने पर्न सकेका  छैनन् ।
 
शनिबार संसद भवनबाट बाहिर निस्कँदै गृहमन्त्री लामिछानेले सांसद कोइरीलाई चाँडै समात्ने बताए।

उनले भने, 'हामी नतिजा निकाल्ने गरी काम गर्छौँ। प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो। विज्ञप्ति जानकारीका लागि गरिएको हो। के भइरहेको छ भन्ने जानकारी दिन आवश्यक भएकाले हो।''

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए ।

शनिबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ? भन्दै प्रश्न गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ