arrow

चिसोको समय यस्तो छ तीन दिनको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
cold-weather.jpg

काठमाडौं । देशभर चिसोका कारण जनजीवन कष्टकर रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र  तराईका  धेरै भू-भागहरूमा  हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन कष्टकर बनेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका  एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि आइतबार प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार भने देशभर मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ