arrow

गृहमन्त्री र सहरी विकास मन्त्रीको रेकर्डबारे सांसद चित्रबहादुर केसीले उठाए प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
chitra-bahadur kc-janamorcha-parliament-2023-2079.jpg

काठमाडौं। सभामुख छनोटका लागि जारी संसदीय छलफलमा चित्रबहादुर केसीले ठुला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बन्ने बित्तिकै सार्वजनिक भएका छन् भन्दै चुनाव अघिका ठुला कुरा र पछि सत्ताका लागि जे पनि गर्ने प्रवृत्ति देखिएको बताएका छन्।

सांसद केसीले गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेलाई हेर्दै भने ''सरकार बन्नुभन्दा अगाडि कस्ता-कस्ता ठुला-ठूला कुरा आएका थिए । सरकार बनेपछि कसको के छ रेकर्ड ? गृहमन्त्रीको के छ रेकर्ड ? सहरिया मन्त्रीको के छ रेकर्ड ?'

प्रतिनिधिसभामा सम्बोधनका कर्ममा सांसद केसीले अहिलेको संसद्को तस्बिर डरलाग्दो देखिएको बताएका छन्। नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको उनले बताए । त्यस्तै चुनावमा गरिएका वाचा पनि दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको उनको भनाइ छ । 'सत्ताका लागि इमानजमानको कुरा पनि नहुने,जनतासँग गरेका प्रतिबद्धताका कुरा पनि नहुने,' उनले भने ।

संसद्मा सत्तापक्ष हुन्छ प्रतिपक्ष हुन्छ तर प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको सांसद केसीले  भने ' 'संसद्मा सत्तापक्ष हुन्छ, प्रतिपक्षी हुन्छ । हामीले अन्त देखेको पनि त्यही हो, नेपालमा पनि पहिले देखेको त्यही हो । तर प्रधानमन्त्रीको चुनावमा नाटक देखियो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ