arrow

एमालेसँग एकता असम्भव भन्दै खनाल लागे मस्यौदा तयार गर्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
jhalnatha.JPG

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल नेकपा (एमाले) सँग एकता असम्भव रहेको बताएका छन् । खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन आफ्नो पार्टीले प्रष्ट वैचारिक नीति अवलम्बन गर्ने बताए । 

उनले  तत्काल एमालेसँग एकता असम्भव रहेको बताए । पाँच जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहनत र सङ्घर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै उनले भने, “विद्रोहको औचित्य पुष्टि नभईकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन ।”

पूर्वप्रधानमन्त्री चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निराश हुनुपर्ने अवस्था नरहेको सुनाए । खनाल आफै पनि इलामबाट पराजित भएका थिए ।  

 खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ । यो समितिले पार्टी निर्माणको मूल दिशाको बारेमा दस्ताबेज मस्यौदा तयार गर्नेछ ।  

उक्त समितिको सदस्यमा महासचिव बेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् ।  यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन् । समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई पार्टीको केन्द्रीय बैठकले पारित गरी कार्यान्वयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ