arrow

सहमति विपरीत मन्त्रालयको जिम्मेवारी दिएपछि जनमत पार्टी असन्तुष्ट

मधेशलाई बेवास्ता गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
janamat-party-final-always.jpg

काठमाडौं। जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीका रूपमा पदबहाली गर्न अस्वीकार गरेको छ । 

गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रूपमा जनमत पार्टीका तर्फबाट अब्दुल खानले शपथ लिएका थिए ।

“हाम्रो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको थियो”, रासससँग कुरा गर्दै पार्टीका उपाध्यक्षसमेत रहेका खानले भने, “सहमति विपरीत खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि अस्वीकार गरिएको हो ।”

सत्तारुढ गठबन्धनले आफ्नो पार्टी अध्यक्षसँग सल्लाह र छलफल नगरी मन्त्रालय परिवर्तन गरिनु राम्रो नभएको र यसले मधेस क्षेत्रलाई नै बेवास्ता गरेको अनुभव भएपछि खानेपानी मन्त्रीका रूपमा पदबहाली नगरेको उनले स्पष्ट पारे । उपाध्यक्ष खानले मन्त्रालय फेरिएकाबारे सर्वदलीय बैठकमा कुरा उठाउने र जिम्मेवारी लिने वा नलिनेबारे पार्टीले निर्णय गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ