arrow

छन्दनायक वियोगीलाई शिव-तुलसी छन्दरथी पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
Madhav biyogi.jpg

पोखरा । कपिलवस्तु जिल्लास्थित दधि स्मृति साहित्य समाजद्वारा सञ्चालित शिव-तुलसी छन्दरथी साहित्य पुरस्कार पोखराका छन्दनायक माधव वियोगीलाई प्रदान गरिने भएको छ ।

छन्द बचाऊँ अभियान-२०५३ र महाकाव्यलेखन अभियान-२०६० का माध्यमबाट छन्द र महाकव्यका क्षेत्रमा विशिष्ट योगदान दिएवापत विगोगीलाई सो पुरस्कारका लागि चयन गरिएको हो ।

समाजका संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक ऋषिकेशव भारद्वाजको अध्यक्षतामा सोमबार बसेको समाजको बैठकले सो निर्णय गरेको बताइएको छ । 

आगामी फागुन ९ गते बाणगङ्गा, कपिलवस्तुमा हुने एक विशेष कार्यक्रमबीच वियोगीलाई पुरस्कृत गरिने बतााइएको छ ।  

छ्दनायक वियोगीका आठ महाकाव्यहित ३१ वटा कृति प्रकाशित छन् । विगोगीले यसअघि कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार, दुल्लभ लामिछाने पुरस्कार, रत्न श्रेष्ठ पुरस्कार, महाकवि दृवकोटा पुरस्कार, प्रतिभा पुरस्कार, लेखनाथ पौडेल सम्मान, पल्लव साहित्य सम्मान, जनप्रिय प्रतिभा सम्मान, गेरुअम्बिका स्मृति वाणी सम्मा, राधालक्ष्मी साहित्य पुरस्कारलगायतका पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ