arrow

मौसम आंशिकदेखि सामान्य बदली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
weather-evergreen-rain.jpg

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । 

महाशाखाका अनुसार आज शनिवार तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको भए पनि यी क्षेत्रमा दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने भएको छ । 

पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरू ठाउँको मौसम आज सफा रहने र तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ