arrow

नेपाल प्रहरी: १७ डिआईजीको सरुवा, को कता ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
nepal-police12.jpg
फाइल तस्वीर

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीको सरुवा भएको छ । 

जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरुवा गरिएको हो । जोशीले गत असारमा गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । 

जोशीको स्थानमा डिआइजी बुद्धिराज गुरूङलाई पठाइएको छ । उनी यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौंमा कार्यरत थिए । 

प्रहरी प्रधान कार्यालयले बिहीबार जोशी र गुरुङसहित नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरूवा गरेको थियो ।

जसअनुसार प्रदेश नम्बर एकमा श्यामलाल ज्ञवालीले पुगेका छन् । उनी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए ।

मधेश प्रदेशमा वसन्त कुँवरले जिम्मेवारी पाएका छन्। कुँवर यसअघि प्रहरी प्रधान कार्यालय नक्सालको कार्यविभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत थिए ।

यस्तै, प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरूवा भएका छन् भने प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मा पाउँदा भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ ।

यस्तै, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी र कर्णाली प्रदेशमा कार्यरत पोषराज पोख्रेलको प्रहरी महानिरीक्षकको सचिवालयमा सरूवा भएको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणालाई खटाउँदा विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् भने दुर्गा सिंहलाई भरतपुर शिक्षालय पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ