arrow

पृथ्वीनारायणको शालिक अनावरण गरे प्रधानसेनापति शर्माले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prithvi-narayan-shah-army-prabhuram-sharma.jpg

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नारायणहिटीस्थित श्री उपत्यका पृतना मुख्यालय  हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिकको एक विशेष समारोहका बीच शर्माले सोमबार अनावरण गरेका हुन् । 

उक्त अनावरण कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीहरु, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ