arrow

शेयर बजार निरन्तर उकालोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
nepal-stock-exchange.png
फाइल तस्बिर

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार उकालो लागेको छ। आज नेप्से परिसूचकमा ४६.७६ अङ्कले वृद्धि भई २२११.३८ विन्दुमा पुगेको हो । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ ।

आइतबार शेयर बजारमा २०.५५ अङ्कको वृद्धि भएको थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो । सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयो । यस्तै, पाँच अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको २० करोडभन्दा बढीको शेयर बिक्री भएको छ। 
यता, वरुण हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत, जोशी हाइड्रोपावर, हिमालयन ऊर्जा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो।

कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ। आज १३ उपसूचकमध्ये होटेल तथा पर्यटनबाहेक सबै उपसूचकमा हरियाली छाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ