arrow

देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खोलियो : चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
chitra-bahadur kc-janamorcha-parliament-2023-2079.jpg

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन्। प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको सङ्ख्या बढेपछि देशको अर्थतन्त्र बिग्रिएको बताए।

‘सङ्घीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए। भयो त त्यस्तो ?,’ उनले भने, ‘ देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना सङ्घीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदहरूको।’

देशमा मन्त्री र सांसदहरू धेरै हुँदा अर्थतन्त्रले नधान्ने भन्दै उनले अब सङ्घीयता नटिक्ने दाबी गरे। घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र र संसदीय व्यवस्थाप्रति जनताको निराश बढेको बताए। गणतन्त्रप्रति जोखिम गणतन्त्रका लागि लडेका नेताहरूबाट हुने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ