arrow

सीसीपीको दबाबपछि आफ्नो कम्पनीको सेयर समायोजन गर्दै ज्याक मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
jack-ma-alibaba.jpg

काठमाडौं। चिनियाँ उद्यमी ज्याक माले आफ्नो विशाल फिन्टेक कम्पनी 'एन्ट ग्रुप (Ant Group)' को नियन्त्रण हस्तान्तरण गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले पछिल्ला वर्षमा ज्याक मालाई लक्षित गर्दै गत वर्ष प्रविधि क्षेत्रमा ठूलो क्र्याकडाउन सुरु गरेको थियो।

कम्पनीले शनिबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि शेयरधारक एक्लै व्यक्ति वा पक्षसँग संयुक्त रुपमा एन्ट ग्रुपको नियन्त्रण नरहोस् भन्ने हिसाबले आफ्नो स्वामित्व संरचना समायोजन गरिरहेको बताएको हो।

अलिबाबाका संस्थापक ज्याक मा जापानमा

सन् २०२० को नोभेम्बरमा विश्वको सबैभन्दा ठूलो आईपीओको रुपमा एन्ट ग्रुपको ३७ अर्ब अमेरिकी डलरको आईपीओ चिनियाँ सरकारी अधिकारीहरुले अन्तिम मिनेटमा रद्द गरेका थिए। 

यो कदमले वित्तीय प्रविधि फर्म एन्ट ग्रुपको जबरजस्ती पुनर्संरचनाको नेतृत्व गर्दै कम्पनीबाट चिनियाँ अरबपतिको नियन्त्रण हटाइनु पर्ने रणनीति बनाएको थियो।

माले अप्रत्यक्ष रूपमा एन्ट ग्रुपको ५३.४६ प्रतिशत सेयर नियन्त्रण गर्दै आएका छन्, जसले उनलाई कम्पनीको कन्ट्रोल व्यक्ति बनाएको छ।

चिनियाँ अरबपति ज्याक मा लामो समयपछि सार्वजनिक

तर, अबको समायोजनपछि उनले केवल ६ दशमलव २ प्रतिशत मात्रै मताधिकार पाउने विज्ञप्तिमा उल्लेख छ।

'हाम्रो कर्पोरेट संरचनाको स्थायित्व र हाम्रो दीर्घकालीन विकासको दिगोपनलाई थप बृद्धि गर्न समायोजन लागू गरिएको छ,' एन्टले विज्ञप्तीमा भनेको छ।

संस्थापक, व्यवस्थापन र कर्मचारी सहित दस व्यक्तिले आफ्नो मतदान अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्ने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ