arrow

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

logo
रासस,
प्रकाशित २०७९ पुष २१ बिहिबार
nepal-stock-exchange-nepse_1617884544.jpg
फाइल तस्बिर

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलव शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलव ९३ मा पुगेको छ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५१ अङ्कले उकालो लागेर चार सय ११ दशमलव २३ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

कारोबार भएकामध्ये एक सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ। कूल एक रु करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयर रु पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ मूल्यमा खरिद बिक्री भएका छन्। शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ बराबर पुगेको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको रु ४३ करोड १९ लाख ६६ हजार नौ सय ७४ बराबरको कारोबार भएको छ। यस्तै, रिडी पावर कम्पनी रु २१ करोड ४१ लाख आठ हजार चार सय ८७, हिमाल दोलखा हाइड्रोपावर रु ११ करोड ८४ लाख ७८ हजार छ सय ६५, एनआइसी एसिया बैङ्क रु ११ करोड ८४ लाख ४४ हजार तीन सय छ र नेपाल पुनर बिमा कम्पनी रु १० करोड दुई लाख ६३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त छन्। उकालो लागेको बजारमा सिटिजन म्युचुअल फण्ड तीन दशमलव शून्य तीन, मनकामना स्मार्ट लघुवित्त दुई दशमलव ८८, नारायणी डेभलपमेन्ट बैङ्क दुई दशमलव ८२, नेपाल एसबिआई बैङ्कको ऋणपत्र दुई दशमलव ७० र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले दुई दशमलव ४६ प्रतिशतले गुमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ