arrow

उपरथी शाहीमाथि अनुसन्धान गर्न उपरथी श्रेष्ठको नेतृत्वमा समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
prem-prakash-shahi-general-army.jpg
प्रेम प्रकाश शाही ।

काठमाडौं । सैनिक हिरासतमा रहेका उपरथी प्रेम प्रकाश शाहीमाथि अनुसन्धान गर्न सैनिक मुख्यालयले अर्का उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ । नेपाली सेनाका जर्नेल प्रेमप्रकाश शाही सैनिक हिरासतमा परेका हुन् । 

आइतबार सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेकामा आज आर्थिक चार्ज लगाएर सेनाले उनलाई पक्राउ गरी हिरासतमा राखेको हो । 

उनीमाथि शैक्षिक योग्यता सम्बन्धमा मुद्दा रहेको थियो । तर सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेपछि उनी काममा फर्कदै थिए । जसका कारण उनी भोलिदेखि अवकाश लिँदैथिए । तर आजै उनलाई पक्राउ गरिएको हो । उनलाई सैनिक मुख्यालयमा राखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ