arrow

सुदूरपश्चिमको नेता छान्न कांग्रेस बैठक जारी, आधा दर्जनको दाबी

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ पुष १९ मंगलबार
congress-sudurpachhim-office.jpg

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने विषयमा प्रदेश कार्यालयमा छलफल भइरहेको छ । दलको नेता बन्नका लागि ७ जनाले दाबी गरेको सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले बताए । 

सर्वसम्मत गर्नका लागि सहमति हुन नसकेकाले सहमतिका लागि ७ जनाले दाबी गरेकाले आपसमा सहमति गर्न एकदिनको समय दिएको महामन्त्री शाहले बताए  । 

दलको नेता छान्न सहमति नभए भालि नै चुनावी प्रकृयामा गई टुंगो लगाउने उनले बताए  । प्रदेश सभा संसदीय दलको नेता बन्न प्रदेश महामन्त्री मेघराज खड्का अछाम क्षेत्र नबर १ क बाट प्रत्यक्ष चुनाव जितेका हुन् । बहादुर थापा, दिवान सिं बिष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाश देउवा र कलम शाहले पनि दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ