arrow

रामचन्द्रलाई चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
ramchandra-poudel2.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अस्थिरता निम्तने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठुलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनले बताएका छन् । 

पौडेलले राष्ट्रिय सहमति आवश्यकता भएको बताएका छन् । “हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धि रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ”, उनले भने “अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।”

संविधान निर्माणपछि केही समूहहरू अस्थिरताका लागि काम गर्दै आएको भन्दै  उनले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताए ।

संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उनको भनाइ छ । पौडेलले गठबन्धनबाट राष्ट्रपति पाउने आशा राखेका थिए तर गठबन्धन भत्किँदा उनको सपना पनि चकनाचुर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ