arrow

जुलियनलाई प्रेमिका छोड्न २० हजार हस्ताक्षर

जुलियनलाई प्रेमिका छोड्न दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
juliyan.jpg

काठमाडौं । अर्जेन्टिनाका उत्कृष्ट फरवार्ड खेलाडी जुलियन अल्भारेजलाई प्रेमिका छोड्न दबाब परेको छ  । अल्भारेजकी प्रेमिका अमेलिया फेरेरो छोड्न भनेर उनका समर्थले २० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् । 

अल्भारेजलाई उनकी प्रेमिकाबाट अलग हुनको लागि अनलाइन याचिका दायर गरिएको थियो। कुनै कारणवश रिसाएका समर्थक फेरेरोलाई अल्भारेजसँग देख्न चाहेका छैनन् । 

दुवैबीच ब्रेकअपको हुन लागेको भने होइन । अल्भारेज र फेरेरो अर्जेन्टिनाको एउटै सहरका हुन् । उनीहरू सन् २०१७ देखि सम्बन्धमा छन्। फेरेरो एक स्वास्थ्य विशेषज्ञ हुनका साथै हकी खेलाडी पनि हुन् । अमेलिया फेरेरो विश्वकपमा जुलियन अल्भारेजसँग बसेकी थिइन् । 

२२ वर्षीय जुलियन अल्भारेजले कतारमा भएको विश्वकपमा सात खेलमा चार गोल गरेका थिए । उनी गोल्डेन बुटको दौडमा पनि सामेल थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ