arrow

असन्तुष्ट नारायणकाजी मन्त्रालयमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
narayankaji-shrestha-maobadi.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौं । उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन् । आफूभन्दा वरीयतामा एमालेका विष्णु पौडेललाई राखिएको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर मन्त्रालय नगई बसेका थिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दोस्रो वरीयतामा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई राखिएपछि श्रेष्ठले असन्तुष्टि जनाएका थिए । उनले पौडेलभन्दा आफू पहिले नै उपप्रधानमन्त्री भएको भन्दै आफूलाई दोस्रो वरीयतामा राख्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घुर्की लगाएर घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालय जान लागेका हुन् ।

भौतिक तथा पूर्वाधार मन्त्रालयका एक कर्मचारीले मन्त्री श्रेष्ठ आइतबारदेखि नै आउन लागेको जानकारी दिए । मन्त्री श्रेष्ठले सोमबार कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ