arrow

जनार्दन शर्माको दबाबमा छ सय कर्मचारीको सरुवा, प्रतिव्यक्ति तीनदेखि आठ लाखसम्म लिएको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
janardan-sharma-minister.JPG
तस्बिर – फाइल ।

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरुवा मापदण्ड विपरीत करिब ६ सय जना कर्मचारीको सरुवा गरेको छ । निवर्तमान अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माको दबाबमा गत शुक्रबार ३ सय लेखापाल र २ सय ४० लेखा अधिकृत तथा ६० जना उपसचिवको सरुवा गरेको हो । 

महालेखा नियन्त्रकको कार्यालयलाई दबाब दिएर सरुवा गरे पनि कार्यालयले आधिकारिक जानकारी भने दिएको छैन । लेखापाल र लेखा अधिकृतको सरुवामा ठूलो आर्थिक चलखेल भएको स्रोतले जानकारी दिएको छ । 

स्रोतको अनुसार लेखापाल सरुवामा प्रति व्यक्ति ३ देखि पाँच लाख र अधिकृतको सरुवामा प्रतिव्यक्ति ५ देखि ८ लाखसम्म लिएर सरुवा गरिएको हो । ‘विकासे अड्डाबाट विकासे अड्डामा सरुवा गरिएको छ, सरुवा भएको विवरण वेभसाइटमा समेत राखिएको छैन’, कार्यालयका एक कर्मचारीले भने । 

उनका अनुसार अर्थमन्त्री जनार्दन शर्माको प्रत्यक्ष दबाबमा सरुवा गरिएको र त्यसका माओवादी निकट रहेका कर्मचारीहरुको संलग्नता रहेको पनि स्रोतले जनाएको छ ।

 ‘लेखाका कर्मचारी सरुवा गर्दा लेखाका कर्मचारी सरुवा मापदण्ड पूर्णत उल्लंघन गरिएको छ’, कार्यालयका एक कर्मचारीले दाबी गरे । माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका इन्द्र गौतम मार्फत आर्थिक संकलन गरी सरुवामा सधैं आकर्षक कार्यालयमा बसेकालाई नै पुनः आकर्षक अयोजना र कार्यालयमा सरुवा गरेको स्रोतले जनाएको छ । 

महालेखाको सरुवामा दररेट तोकेर ५ देखि ६ करोडकै हाराहारीमा संकलन गरेको स्रोतले जनाएको छ । इन्द्र गौतमले लेखा समूहका उपसचिवसँग भने मोलमोलाई गरी न्यूनतम १० देखि कार्यालय र आयोजनाको बजेट हेरी २० लाखसम्म उठाएको दावी छ । 

लेखा समूहका कर्मचारीको सरुवा विवादमा परेपछि महालेखा नियन्त्रक हरिप्रसाद मैनाली भने कार्यालयमै आएका छैनन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ