arrow

नेप्सेले गर्‍यो प्रचण्डलाई स्वागत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सोमबार बिहानैदेखि उकालो लागेको नेप्से परिसूचकमा ५६.८६ अंकले वृद्धि भइ १९२४.०७ विन्दुमा पुगेर रोकिएको छ । आज ३.०५ प्रतिशतले बजार बढेको हो ।

साथै २५० कम्पनीको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच भएको र २ अर्ब ९ करोड ७० लाखभन्दा बढीको शेयर कारोबार  भएको छ ।

नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । हिमालय डिस्टिलरी ११ करोडभन्दा बढीको कारोबार भएको छ ।

गुर्खाज फाइनान्स १० प्रतिशतले मूल्य वृद्धि भएको र धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । 

आज १३ वटा उपसूचकहरूमध्ये अन्य सूचकमा २.२९ प्रतिशतले ओरालो लागेका छ । बाँकी सबै उपसुचकहरूमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्सको ६.५२ प्रतिशत, हाइड्रो पावरको ५.१६ प्रतिशत, विकास बैंक र इन्भेष्टमेन्टको ४ प्रतिशत बढीले वृद्धि भएको छ । 

बैंकिङ, निर्जीवन बिमा र ट्रेडिङको ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बाँकी अन्य उपसुचकमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेप्सेले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि शपथ ग्रहणकै दिन नेप्सेले स्वागत गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ