arrow

कर्णाली कांग्रेस दलको नेतामा शाही निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ९ शनिबार
jeevanbahadur-shahi.PNG
तस्बिर – फाइल ।

कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस प्रदेशसभा दलको विधान बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित गरेको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समय सीमाभित्र शाहीको एकल उम्मेदवारी परेको थियो । 

अन्य कसैको पनि उम्मेदवारी नपरेको हुँदा शाही नेपाली पार्टीको प्रदेशसभा दलको नेतामा निविरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले जानकारी दिए । 

दलको नेतामा जाजरकोटबाट प्रदेशसभा (२) बाट निर्वाचित राजीवविक्रम शाहले दाबी गर्दै आएको भनिए पनि उनकै समर्थनमा शाही दलको नेता निर्वाचित भए । उनी कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ