arrow

नेप्से परिसूचक ओरालो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
nepse-news-aaja.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ५.८९ अंकले ओरालो लागेर १८६७.२२ विन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार शेयर बजार १४.२२ अंकले वृद्धि भएको थियो । आज २५२ कम्पनीको कारोबारमा २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच भएको र ८६ करोड ३८ लाख भन्दा बढीको शेयर किनबेच भएको छ ।

यस्तै, एनआईसी एसिया बैंकको शेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  नविल बैंकको ३ करोड भन्दा बढीको कारोबार भएको छ ।

आँधिखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशिल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । 

आज १३ वटा उपसूचकहरूमध्ये बैंकिङमा ०.२७ प्रतिशतले वृद्धि भएको छ। बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ । 

सबैभन्दा धेरै फाइनान्स र अन्य उपसूचकमा ओरालो लागेको नेप्सेले जानाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ